सामाजिक एकता र सद्भाव अपरिहार्य : प्रदेश सभापति बलायर

डिसी नेपाल
१५ असोज २०८२ १५:१८
36
Shares

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बीरबहादुर बलायरले देश विषम, अस्थिर र प्रतिकूल परिस्थितिबीच रहेका बेला सामाजिक एकता र सद्भाव कायम राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बडा दशैंको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको सन्देश दिने यस पर्वले व्यक्तिव्यक्ति, परिवार, समुदाय र संस्थाबीचको एकतालाई अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताए।

सभापति बलायरले आफ्नो व्यक्तिगत तथा पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै हालको परिस्थितिबाट मुलुकलाई उठाउन संयम, संवाद र एकता अपरिहार्य रहेको उल्लेख गरे।

भदौ २३ र २४ गते पछिका घटनाक्रमले मुलुक नयाँ मोडमा पुगेको भन्दै उनले शान्ति र पुनर्निर्माणतर्फ अघि बढ्न सबैलाई आह्वान गरे। साथै, माता दुर्गाले देशलाई शान्ति, एकता र पुनर्निर्माणको दिशामा अघि बढाउन सबैलाई शक्ति प्रदान गरून् भन्ने कामना पनि गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *