मनाङ प्रदेशसभाको उपनिर्वाचन स्थगित
काठमाडौं। मनाङ प्रदेशसभाको उपनिर्वाचन स्थगित भएको छ। आइतबार निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचन स्थगित भएको बताएको छ।
सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि उपनिर्वाचनका सम्पूर्ण कार्यहरु अर्को मिति तय नहुँदासम्म स्थगित गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई जानकारी दिए।
जेन जीको आन्दोलनपछि सृजना भएको अवस्थाका कारण उक्त कार्यतालिका प्रभावित भएपछि आयोगले निर्वाचन स्थगित गरेको हो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment