प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय परिषद् बैठक आह्वान

डिसी नेपाल
२० असोज २०८२ १२:५५
68
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्नेगरि राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए।

राष्ट्रिय परिषद्को बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पूनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगाएत बिषयमा महत्वपूर्ण निर्णय हुने उनले बताए।

भट्टले अविरल बर्षापछिको बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता भएको र २४ जना घाइतेको उपचार भइरहेको जानकारी दिए। घाइतको प्रशासन कार्यालयको समन्वयमा निशुल्क उपचारका साथै पीडित परिवारलाई खाद्यान्न लगाएत अन्य व्यवस्था भइरहेको उनले बताए।

भट्टले अझै पनि केहि स्थानमा खोज उद्दारको कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *