पार्टीको नीति, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्ध गर्छौं : जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, कार्यक्रम, विचार, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्धता गर्ने भएको छ।
पार्टीले विशेष कार्यक्रम र कार्यनीति तय गर्दै युवा पुस्तालाई आवद्ध गर्ने कार्यलाई कार्यान्वयन गर्न मातहत पार्टी समितिलाई परिपत्र जारी गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।
जसपा नेपालले भनेको छ, ‘जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दाहरु जसपा नेपालले पहिलादेखि नै उठाउँदै आएको धेरैजसो माग र मुद्दासँग मिल्दोजुल्दो नै छ। युवा पुस्ताहरुसँग सहकार्य गर्दै, उनीहरुलाई प्रोत्साहन र समावेशीकरण गर्दै अगाडि बढ्ने पार्टीको नीति रहेको छ।’
आजका युवा नेतृत्व वर्गलाई राजनीतिक रुपले प्रशिक्षित, सिर्जनात्मक र चेतनशील बनाई संगठित गरी नेतृत्वदायी भूमिका खेल्न सहयोग र प्रोत्साहन गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment