विशेष महाधिवेशनको पक्षमा असोज २४ गतेभित्र हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह

डिसी नेपाल
२१ असोज २०८२ १३:५९
32
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न चाहने महाधिवेशन प्रतिनिधिहरुलाई आगामी असोज २४ गतेभित्र नै हस्ताक्षर गरिसक्न आग्रह गरेका छन्।

भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस,’ शर्माले भनेका छन्। उनले आगामी असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकपछि गरिने हस्ताक्षरलाई ‘लगनपछिको पोते’ को संज्ञा दिएका छन्।

उनले विशेष महाधिवेकनले पार्टीलाई कमजोर नभएर अझ बलियो बनाउने दाबी गरेका छन्।

‘विशेष अधिवेशनसम्बन्धी व्यवस्था नेपाली कांग्रेस पार्टीको विधानविपरीत विलकूल होइन। जब पार्टीको विधानमै यससम्बन्धी व्यवस्था छ भने त्यसको प्रयोग गर्दैगर्दा त्यसले कमजोर होइन, अन्ततः पार्टीलाई बलियो बनाउँछ,’ उनले भनेका छन्।

महामन्त्री शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने नै हो भने असोज २६ गतेको केन्द्रीय समिति बैठक नकुर्न भनेका छन्। उनले भनेका छन्, ‘हस्ताक्षर नै गर्न चाहुनभएको छ त आइतबार किन बार्नुहुन्छ? लगनपछिको पोतेको के काम? हस्ताक्षर गर्न चाहनुहुन्छ भने चाहिँ २४ गतेभित्रै गर्नुस्।’

महामन्त्री शर्माले अहिलेको विषम परिस्थितिमा जमेको पोखरीजस्तो बसिरहन कांग्रेसले नचाहेको बताएका छन्। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरको हस्ताक्षरमा केन्द्रीय समितिले विशेष महाधिवेशनबारे निर्णय लिने उनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *