प्रधानमन्त्री सुशीला कार्की ४४ देशका राजदूतसँग छलफल गर्दै

डिसी नेपाल
२२ असोज २०८२ १२:१४
332
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न ४४ देशका राजदूत सँग छलफल गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजे ४४ देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक लगानी, पर्यटक आगमनमा आएको कमी लगायतका विषयमा प्रधानमन्त्रीले छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो।

परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालिरहेकी कार्कीले छलफलपछि आवश्यक निर्देशन दिने बताइएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीले पछिल्ला नीतिगत चुनौती र अवसरका विषयमा राजदूतहरूबाट प्रत्यक्ष प्रतिक्रिया लिने तयारी रहेको छ।

हाल जेनजी आन्दोलन पश्चात् विभिन्न देशले भिजिट भिसामा कडाइ गरेको पृष्ठभूमिमा, प्रधानमन्त्रीले कूटनीतिक समन्वय र वैदेशिक सम्बन्ध सुदृढीकरणका विषयमा विशेष ध्यान दिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *