जेन-जीलाई गलत बाटो जानबाट रोकौं

पूर्ण ओली
२४ असोज २०८२ ८:५१
116
Shares

अहिले माओबादी अध्यक्ष प्रचण्डले आफ्नो र जेन-जीको एजेण्डा एउटै हो भनेर जनताबाट प्रत्यक्ष चुनिएको सरकार प्रमुखको एजेण्डालाई आधारलाई मानेर जेन-जीलाई आफूतर्फ तान्ने प्रयासरत रहेको बुझिन्छ।

यो प्रत्यक्ष सरकार प्रमुखको फाइदा बेफाइदा पछि बुझ्दै गरौंला। त्यो भन्दा पहिला जेनजीले अहिलेसम्मका दलका गतिबिधि र नेपालको भ्रष्टाचारतन्त्रको जड बुझ्न जरुरी छ।

२२–२४ राज्यमा छरिएको नेपाललाई एकीकरण गरे गोरखाका राजा पृथ्वीनारायण शाहले र अहिलेको बिशाल नेपाल निर्माण गरेका थिए। देशको बिकास र सुशासनको लागि उन्ले भनेका पृथ्वी बिचार मात्र एकपल्ट जेन-जीका युवाहरुले पढ्ने हो भने धेरैकुरा मननयोग्य छन्।

भ्रष्टहरुलाई मारेपनि केही फरक पर्दैन भन्ने बिचार अनि स्वदेशी बस्तु प्रयोग गनुपर्र्छ र उद्योगको लागि देशमा भएका खानी उत्खनन् गर्नु भन्ने बिचार बुझ्नु पर्छ।

त्यस्तै गरेर आफ्नो सनातनदेखिको वैदिक धर्म परम्परा मान्दै बिदेशी इशाईलाई स्वदेशमा धर्म प्रचार गर्न दिनु हुँदैन यसले समाज भाँड्छ भन्ने बिचारलाई पनि गहिरोसँग अध्ययन गर्नुपर्छ। उनीपछि उनका कान्छा छोरा बहादुर शाहले देशको पश्चिम सिमाना बढाउन आफैं युद्धमा होमिएर पश्मिमा काँगडासम्म नेपालको सिमाना पुर्‍याएको कुरा पनि बिर्सनु हुँदैन।

त्यसपछिका बिभिन्न कालमा दरबार भित्रको आपसी कलह र त्यसपछि राणा शासनको समयपछि एकैपटक राजा महेन्द्रले गरेका देश विकासका धेरै पूर्बाधारलाई एकपटक हेरौं।

उनले कससी देश बचाएर देशको सम्पूर्ण क्षेत्रको बिकास गरि नेपाललाई संसार सामु चिनाएका थिए। त्यसबेलाको नेपालको इज्जत अहिले भन्दा धेरै राम्रो थियो। राजा महेन्द्रले मात्र १० बर्षमा नेपालको काया पलट गरेका थिए।

त्यसपछि शान्तिपृय तथा प्रजातन्त्रप्रेमी भद्र राजा बीरेन्द्रको शासन निकै राम्रो थियो तर उनको भलाद्मीपनको फाइदा अरुले उठाए। उनको परिवारको अचानक हत्यापछि आएका राजा ज्ञानेन्द्रमा राजामा हुने गुण पर्याप्त नभएपनि राम्रो ब्यबस्थापक थिए।

तर उनले सुरुमै अत्यन्त पुराना नेता तुलसी गिरी जस्ता पञ्चायत भक्त व्यक्तिलाई अघि सारिसकेपछि उनमा जनताको बिश्वास घट्दै गयो। तैपनि उनले माओवादीलाई शान्ति वार्तामा ल्याएर देशमा सुशासन ल्याउन धेरै प्रयास गरे।

तर सत्ताबाट बाहिर रहेका दलले उनले थालेका काम देखि सहेनन्। सबै दल मिलेर आफैंले आतंककारी भनिएका माओवादीसँग भित्री रुपमा साँठगाँठ गरि अन्त्यमा भारतको चंगुलमा फसेपछि १२ बुँदे सम्झौता गरेपछि नेपालको अहिलेको हविगत भएको हो।

बिदेशीको इशारामा बनाइएको संबिधानले नेपालको हित गरेन। संबिधानको दायराभित्र रहेका संबैधानिक राजतन्त्र हटाएर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सबै बिदेशीको इशारामा नेपालमा लादिएपछि हाम्रो समाज बिथोलिन थाल्यो।

दलहरु एकआपसमा मिलेर ठूला ठूला कमिसनका खेलमा रमाउन थाले। आफू संबिधान भन्दा माथि रहेर जनताको समस्यालाई बेवास्ता गदै पार्टीका झोलेको बिकास र बिदेशीलाई खुसी पार्नमा ब्यस्त भए। युवाहरुलाई पूरै बेवास्ता गर्न थालियो।

दैनिक २-३ हजार युवाहरु विमानस्थलबाट रुँदै बाहिरिँदापनि शासकलाई कुनै फरक परेन। आफ्ना छोराछोरी बिकसित देश पठाएर नेपालमा कमाएको अकुत सम्पति बिदेश पठाउन थाले। बिदेशमा छोराछोरी नहुनेले बिभिन्न बिदेशी बैंकमा पैसा जम्मा गर्न थाले।

कतिपय ठूला भनिएका नेताले आलिसान महल बनाएर त्यहीँ भित्र गोप्यरुपमा पैसा राख्ने ढुकुटी बनाएकोपनि सबै जनताले देखे। त्यही भएर खरबौं रुपैयाँ आगोमा दनदनी बलेको घटना भाद्र २४ गते देख्न पाइयो।

अब पनि हाम्रा जेन-जी युवालाई यिनै भ्रष्ट जनतामार नेताले फुस्ल्याउने प्रयास गरेको देखिन्छ। सकिन्छ भने जेन-जी युवाहरुको छुट्टै दल बनाउनु होस्। त्यसभित्र पनि केही शंकास्पद व्यक्ति छन् भने उनीहरुलाई चिनेर बाहिर पठाउनुहोस्।

अझैपनि देशभित्र केही इमान्दार छवि र राम्रो एजेण्डा भएका दल छन्। उनीहरुका प्रमुख नेतासँग छलफल गरि आफ्ना एजेण्डा मान्नेसँग सहकार्य गरी निर्वाचनमा भाग लिनु जेन-जीलाई हितकर हुनेछ।

अहिलेको सरकारबाट जेन-जीले धेरै कुरा लिनसक्ने देखिएन। किनकि सुशीला कार्कीको भनाइमा उनी शिर्फ निर्बाचनमा मात्र तल्लीन भएको देखियो। जेन–जीको प्रमुख माग सुशासन हो। त्यसकालागि भ्रष्टहरुलाई धमाधम कारवाही सुरु गरिनु पर्थ्याे।

त्यस्तै गरेर बिद्यार्थी माथि अन्धाधुन्ध गोली हान्ने र आदेश दिने सबै तहका जिम्मेवार व्यक्तिलाई पक्राउ गरि कारवाही गरिनु पथ्यो। यो ढिला भइसकेको छ। गृहमन्त्रालय अन्तरगतका सचिव तथा आइजिपी जुन २३ गतेको घटनामा जिम्मेवार छन् उनीहरुलाई निलम्बन गरिनु पर्थ्याे।

यो कार्य गृहमन्त्रीले राजीनामा आउनासाथ सुरु गर्नु पथ्र्यो। अब सुशीला कार्कीको जोश कम हुँदै गएको देखियो। कि त जेन–जीले भनेजस्तै फेरि अर्को आन्दोलन गर्नुपर्‍यो। तर यस्मा पनि घुसपेठ नहोला भन्न सकिन्न।

जेन-जीले राजसंस्थाको बारेमा नकरात्मक सोच बनाएको देखियो। नेपालमा राजसंस्था नभइ देश नरहन सक्ने यही भाद्र २४ गतेको घटना पछिको रिक्ततामा पनि देखियो। प्रधानमन्त्री हेलिकपट्र चढेर भागेपछि राष्ट्रपति समेत असुरक्षित महसुुस गरि नजिकैको ब्यारेकमा लुकेको बुझियो।

अहिलेपनि उनले मैले गणतन्त्र जोगाएँ भनेर फूर्ती गर्छन्। राष्ट्रपति भनेको दलको कार्यकर्ता मात्र हुँदोरहेछ भन्ने सबैले बुझिसके। त्यसैले राष्ट्र जोगाउन इतिहास बोकेको राजसंस्थाको लिगेसी भएको राजा ज्ञानेन्द्रलाई संबिधान भित्र रहने गरि एकता र सार्बभौम सम्पन्न देशको लागि फेरि कायम गरौं।

यति गरेमात्र नेपाल बच्ने भयो। नभए नेपालमा तल्लो छिमेकी देशदेखि ७ समुन्द्र पारिको अमेरिकाले समेत बेस क्याम्प बनाउने सम्भावना रहिरहिन्छ। किनकि हाम्रा अहिलेका नेता केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड तथा माधव नेपाल कसैले पनि यो देश बचाउन सक्तैनन्। किनकि यिनीहरुले धेरै डलर र भारु पचाइसकेका छन्।

यति कुरा अहिलेका युवा नेताले बुझ्ने कोशिश गरौं। नेपालको यथार्थ धरातल र इतिहासलाई बुझेर आफ्नो देशको सनातनदेखिको वैदिक परम्परा धर्मको मान्यतालाई सम्झेर अगाडि बढांै। शिक्षा स्वास्थ्यमा कुनै राजनीति नगरी सबैलाई सर्वसुलभ बनाऔं।

अहिलेको गंणस्तरीय शिक्षा र स्वास्थ्य अत्यन्त महँगो छ। जुन सर्वसाधारण जनताको पहुँच भन्दा धेरै टाढा छ। यसतर्फ ध्यान दिँदै भ्रष्टहरुको दोहोलो काट्न पनि २०४६ साल पछिका सत्तामा गएका सबै नेता र बिशिष्टतहका सबै कर्मचारीको सम्पति शुद्धीकरणबाट एकपटक छानबीन गरि अबैधरुपमा अकुत सम्पति कमाउनेको सम्पति जफत गरि देश बिकासमा लगाउँ र भ्रष्टहरुलाई जेलमा कोचौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.