संविधान परिमार्जन सभा गठन गर्नुपर्ने जेन–वाई रिबेलियनको माग

डिसी नेपाल
२३ असोज २०८२ १०:११
4
Shares

काठमाडौं । भ्रष्टचार विरुद्धको आन्दोलन गरेका जेनजी युवा समुहका अभिभावकको रुपमा गठन भएको जेन–वाई रिबेलियनले संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी जेन–वाई रिबेलियनले देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेका हुन् ।

नेपालको संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना पुरा गर्न नसक्ने जेन वाई रिबेलियनका संयोजक विजय कँडेलले बताए ।

प्रेस विज्ञप्ति बाचन गर्नै उनले भने, ‘हामी सरकारका पछिल्ला कदमहरुबाट असन्तुष्ट छांै । हामीले बुझेका छांै, वर्तमान सरकारलाई संवैधानिक संकट छ । वर्तमान संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना साकार पार्न सक्दैन । देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्छ ।’

सरकारको कामले असन्तुष्ट भएको भन्दै संसद् विघटन भइसकेको र देश संवैधानिक संकटमा फसेको बताए । ‘हामी संविधान विरोधी होइनौं, तर परिवर्तनको पक्षधर हौं । संविधान जनताको हुनुपर्छ, नेताहरूको होइन,’उनले भने ।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.