लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो : ओली

डिसी नेपाल
२३ असोज २०८२ १४:२०
16
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको आरोप लगाएका छन्।

बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलमिच्याईले बनेको भन्दै संसद भंग गर्ने पूर्वसर्त राखेर कार्की प्रधानमन्त्री भएको आरोप लगाएका हुन्।

उनले भने,‘अहिले देशमा सरकार छ। तर संविधान अनुसार बनेको छैन्। बलमिच्याईले बनेको सरकार छ। अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि सर्त राख्नुभयो। तुरुन्तै सपथग्रहण गरेर तुरुन्तै संसद भंग गर्ने सिफारिस गर्छु त्यो लागू गर्नुपर्छ र संसद भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छ भन्नुभयो। संसद भंग गर्ने पूर्वसर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो।’

त्यस्तै उनले अहिले देश र देशको सार्वभौमसत्तामाथि हमला भइरहेको धारणा राखे। अर्थतन्त्रमा बलियो होला भन्ने चिन्ताले हमला भइरहेको उनको ठम्याई छ।

‘देश र देशको सार्वभौमसत्तामाथि हमला छ। देशको भौगोलिकता माथि हमला छ। देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ता छ कसैलाई, त्यसकारण पनि हमला भइरहेको छ,’उनले भने।

ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरे। उनले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको जिकिर गरे।

‘अहिले देशको परिस्थिति असाधारण, असमान्य रहेको छ,’ ओलीले भने, ‘किनभने देशमा सरकार छ। संधिवान अनुसार बनेको छैन। बलमिच्याइँले बनेको छ।’ अहिलेकी प्रधानमन्त्रीले प्रधानमन्त्री बन्न संसद् विघटनलाई सर्त राखेको समेत उनले बताए। ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शपथग्रहण गरेर तुरुन्तै संसद् भंग गर्ने शर्त राख्नु भयो,’ ओलीले भने।

अहिलेका प्रधानमन्त्री कार्की प्रधानमन्त्री बन्नका लागि शर्त राखेर आउको बताए। ‘संसद् तुरुन्तै शपथ ग्रहण गरेर भंग गर्छु। तब मात्रै प्रधानमन्त्री बन्छु नभए जेनजीले आगो बाल्छु,’ उनले भने।

संसद भंग गर्ने पूर्वशर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य गरेर प्रधानमन्त्री कार्की आएको उनले आरोप लगाए। उनले भने, ‘लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनु भयो।’

लोकतन्त्रको जग भत्काउने जगमा सुशीला कार्की प्रधानमन्त्री भएको उनले आरोप लगाएका छन् ।

‘के के व्याख्या गर्नुभयो छाडिदिउँ । तर, नेपालको संविधानले प्रष्ट भन्छ, पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन, प्रधानमन्त्रीमा त कुरै छाडिदिउ,’ ओलीको भनाइ छ, ‘तर, उहाँ सुरिनुभयो । तयो सुरिनका लागि उहाँ २३ गते जेनजी भनेर सडकमा उत्रनुभयो । २४ गते सडकमा उत्रनुभयो र के कामका लागि उत्रनुभयो ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *