धरौटी बुझाएर रिहा भए अशोक यादव

डिसी नेपाल
२३ असोज २०८२ १९:०२
232
Shares

रौतहट। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन्।

सर्लाही जिल्ला अदालत मलंगवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।

सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०÷३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए।

गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच गालिगलौचको टेलिफोन संवाद बाहिरिएपछी भदौ २५ गते प्रहरीले पक्राउ गरेको थियो।

पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा भएकै बेला आमाको निधन भएपछि असोज ३ गते काजकिरिया गर्न भनी प्रहरीले छाडेको थियो। आमाको काजकिरिया सकेर बिहीबार आँफै यादवसँग अदालतमा उपस्थित भएका हुन।

उनले अदालतले न्याय दिएको बताएका छन्। अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा बोल्दा उल्टै आफूविरुद्ध राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गरेको आरोप समेत लगाए। प्राविधिक कार्यालय मलंगवामा आर्थिक अनियमितता गरी रातभर काम भएको विषयमा विवाद भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *