आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र
काठमाडौं। निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्रदान गरेको सो पार्टीका नेता लीलामणि पोखरेलले जानकारी दिए।
गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन्।
सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ। त्यसका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समयसीमा कात्तिक ३० गतेसम्म छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment