देशले चिनेको होइन देशलाई चिनेका मान्छेहरु पार्टीमा जोड्दै जानुपर्छ : गौतम

डिसी नेपाल
२९ कार्तिक २०८२ १७:१६
120
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सोविता गौतमले व्यक्तिवादी चरित्रले पार्टीलाई हानी गर्ने बताएकी छिन्।

शनिबार काठमाडौमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशन कार्यक्रम स्थल परिसरमा संचारकर्मीहरुसँग बोल्दै उनले पार्टी भित्र को आयो को व्यक्ति गयो भनेर व्यक्तिवादी टिप्पणी गर्नु भन्दापनि वैचारिक हिसाबले लाग्नुपर्ने धारणा राखिन्।

उनले देशले चिनेका अनुहार भन्दापनि देशलाई चिनेका मान्छेहरुलाई जोड्दै जान पर्ने उल्लेख गरिन्।

‘देशले चिनेका अनुहार भन्दापनि देशलाई चिनेका मान्छेहरुलाई जोड्दै जानुपर्छ। देशलाई चिनेका मान्छेहरु हरेक तप्कामा हुनुहुन्छ जोड्ने क्रमलाई जारी राख्नुपर्छ। भोलिका दिनमा यही प्लेटफर्मबाट सशक्त मानिस भएर आउनुपर्छ। व्यक्तिवादी चरित्र पार्टीमा खासै राम्रो हुँदैन। व्यक्तिवादी टिप्पणि गर्नु भन्दापनि वैचारिक हिसाबले काम गर्नुपर्छ,’ उनले भनिन्।

त्यस्तै उनले पछिल्लो राजनीतिक परिवेश निकै संवेदनशिल हुँदै गएको भन्दै दलहरुमा ध्रुवीकरण हुनु स्वाभाविक भएको सुनाइन्। उनले भर्खरै स्थापाना भएको पार्टीबाट छोटो अवधिमा नै साथीहरु छुट्टिदा नराम्रो लागेको बताइन्। उनले रास्वपा पार्टी महाधिवेशन पछि पूर्ण व्यवस्थापन हुने बताएन्।

उनले रास्वपा पार्टी किन र कसका लागि खोलिएको हो भन्नेबारे प्रस्ट भएका कारण पार्टी नछाड्ने संकल्प गरिन्।

‘पार्टीको विजारोपण गर्दादेखि सक्रिय छु। सभापतिले पार्टी खोल्ने भनेदेखि उहाँसगै छु। पार्टी स्थापनाका बारेमा स्पष्ट छु। नीतिहरुका विषयमा पनि म स्पष्ट छु त्यसकारणले फरक सोचेको छैन्,’ उनले भनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *