जनकपुरमा ७ दलको विरोध प्रदर्शन आज पनि जारी

डिसी नेपाल
२९ कार्तिक २०८२ १८:०९
16
Shares

जनकपुर। जनकपुरधाममा ७ राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी राखेका छन्।

पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा बिहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएको छ।

पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरुले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजिनामा माग्दै नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवम कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्।

उनीहरुले मधेश भवन अगाडि दुबैतर्फ सडक आवत जावत ठप्प बनाएर सडकमै बसेका छन्।

उनीहरुले जंगली मुख्यमन्त्री चाहिँदैन, एकलौटी सभामुख राजिनामा दे लगायतका नारा लगाउँदै विरोध गरिरहेका छन्। उनीहरुले आईतबारसम्म अदालतको निर्णय आउने भनेकाले सो दिनसम्म विरोध गर्ने जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.