‘तुम्हें अपना बनाने की कसम खाई है, खाई है…’

हृषीकेश ढकाल
६ मंसिर २०८२ ७:३९
4.7k
Shares

‘तुम्हें…’ ‘तुम्हें’ मै गजब ‘फील’ छ !…

सुरुवात बाट नै सुरु भएर गीतभरी ‘भोकल्स’लाई ‘अकम्पनी’ गर्दै दोहोरिईरहने मनै पगालेर बहाउने गीटारको ‘रोम्यान्टिकल्ली मेलोडियस लीड’, स्याक्सोफोनका शृङ्गारक प्रलाप, अनि कीबोर्डको प्रेमसंगत…यी लगायत वाद्यवादनको प्रेमक्रन्दन मिश्रित सन् नब्बेको दशकका बलिऊडको ‘potpourri’ भरा संगीतमा नामी संगीतकार द्वय नदीम-श्रवण जोडाका प्रेमदौडाईमा दौडिरहेका धिमा ‘नोस्टाल्जिक’ संगीत…

सुरुवात बाटै ‘वार्म अप’ मा धिमा सुरु भएको संगीत तर केही तिखोको जनाउले गीत अगाडि खत्रै भएको सङ्केत गर्छ…मन्द उठ्दै गरेको तिखो संगीत रिदम गीटारको झङ्कारले साथ दिन्छन्; पहिलो केही तिखो… झ्याङ्….दोस्रो केही मन्द… झ्याङ्….अनि गएर जोडिन्छ संगीत गीटारको रोम्यान्टिक लीडमा ! ओह्हो ! हाय ! क्या मेलोडी ! यो ‘मेलोडिकल ट्युन’ गएर अगाडि ‘रीले’ मा दौडन तम्तयार बसेको संगीतमा जोडिन्छ। यो संगीत मनलाई बहाउँदै दौडाउँदै लगेर टक्क अगाडि रोक्किन्छ ! जहाँ कुमार सानु पहिल्यैबाट तम्तयार खडा छन् ! उनी सुरु हुन्छन् :

“तुम्हें अपना बनाने की कसम
खाई है, खाई है
तुम्हें अपना बनाने की कसम
खाई है, खाई है

गीत “तिमीलाई आफ्नो बनाउने कसम खाइएको छ !” भन्दै ‘ओपनिङ्ग’ हुन्छ। ‘तुम्हें…’ ‘तुम्हें’ मै गजब ‘फील’ छ !…प्रेममा ‘तिमी’ शब्द बडा मादक छ। लाग्छ यो शब्द मै एक नजानिँदो रोमाञ्चक आनन्द छ। यस्तो लाग्छ ‘तिमी’ भनेको प्रेम हो। ‘तिम’ र प्रेम एक अर्काका पर्याय हुन्, पर्यायवाची शब्द हुन्।

गीत ‘तिमीलाई…’ बाटै सुरु हुन्छ। त्यस पछि ‘अपना’ मा गायक आफ्नो स्वर लाडिएर थोरै तान्छन्। नहोस् पनि किन ?! मामला ‘तिमी’ र ‘आफ्नो’ छ, ‘तिमीलाई आफ्नो बनाउने छ’, ‘आफ्नो बनाउने कसम खाइएको’ कुरा छ।

यहाँ स्वरमा थोरै तान्दा त्यो थोरै तनाई मै गायक भावुकताको सुकोमलतामा बडा ‘टेन्डर’ भैदिएको भान हुन्छ। यस अज्ञानी पङ्क्तिकार संगीतमा त झन् शून्य हुनाले संगीतलाई संगीतकै अनुभूतिमा व्याख्या असम्भव देख्तछ तर कतै सुने अनुसार संगीतमा राग आदि जस्ता अनेक आयामले स्थान, अवस्था, मनोदशा आदि हरेक चित्रण गर्छन् रे भनिन्छ।

फर्किएर फेरि गानाको शब्द मार्फत गीतकारको दिलको बयाँ र गायकीको भावमै मै आउँ।

गीतकार समीर ‘आवारगी’ टाइपका प्रेममा विश्वास गर्छन् ! “मैं दुनियाँ भूला दुंगा तेरी चाहत मैं…” उनका शब्द अक्सर यस्तै हुन्छन्। ‘प्यार किया तो डरना क्या ?!’ टाइप का क्या !

अझ भनौँ ‘इश्क’ वाला लभ ! यो इश्क जहाँ तीव्र जुनून छ, ‘आवारगी’ छ, ‘पागलपन’, ‘दीवानगी’ छ अनि ‘सुकून’, शीतलता, शान्ति, अमनचयन, आराम पनि छ। “शोला और शबनम” दुवै छ ! आगोको तीव्र ज्वाला अनि शीत झैँ परम शीतलता युक्त शान्ति दुवैको सह-अस्तित्व एकै साथ छ। यो इश्क हो।

प्यारबाट मोहब्बत हुँदै इश्कको तुफानी सयर छिचोलेर गहिराईमा पुगी आनन्द नामक मोतीको अनुभूतिमा मग्नमस्त डुब्ने, डुबेर हराउने गीतकार हुन् समीर ! अनि कहिले यिनै ‘पडाव’हरूबाट इश्क कै उचाइमा सयर गर्ने पनि ! सूफ़ी जगत् मा त इश्कको अझ विराट व्याख्या छ।

हुन त प्रेममा सबै आउनै पर्यो, आवारगी पनि एक जो आयाम यसको न हो। प्रेममा डुबे पछि होश हराउँछ, दिमाग बन्द हुन्छ धड्कनहरू बढ्दछन्, प्रचण्ड…मन बहकिन्छ अनि आवारा भईदिन्छ…विचार बन्द हुन्छ…मुटुको कार्यक्षेत्र शुरु हुन्छ, दिमागको ‘ड्युटी’ सक्किन्छ।

मुटुको कार्य क्षेत्रमा चाप यहाँ प्रेममा सुरु हुन्छ अनि भावनाहरू हर्कतमा आउन लाग्दछन्…छाल उठ्तछन्, सुनामी भावका ज्वारभाटाहरू…अनि आवारगी दिलमा हावी हुन्छ…समीर एक आवारा प्रेमी हुन्…एक ‘दिल्जले’। हो ! एक पक्का दिल्जले !

प्यार त जग हो छँदै नै छ, सुरु मै हुइँकिएर लीरिसिस्ट समीर सिधै इश्कमा पुग्छन् – कसम खान्छन् ! इश्कको त्यो दीवानगीबाट अक्सर बल्ल सुरु हुन्छन् यिनी।

बाक्लो स्वरमा गहिरो शूल अनुभूत हुने आवाज गायक कुमार सानुको खासियत हो। उनी एक अर्का दिल्जले हुन् ! पक्का दिल्जले। हो ! एक पक्का दिल्जले। दिल्जले यस अर्थमा कि यस्तो लाग्छ उनको दिल सदियौँ देखि इश्कको त्यो जुनूनमा जलिरहेको छ ! तड्पिरहेको छ। र, र आइरहेको इश्कको धुवाँ…पतपत – स्वरमै झल्किरहेछ, यस्तो लाग्छ बल्दै गरेको मुटु जल्दै गरेको आवाज छन् उनका..इश्कमा ! हो ! इश्कमा….आवारा प्रेमी समीरलाई आवाजका दिल्जले कुमार सानु होस्टेमा हैँसे थप्न दैवले नै दोस्ती बनाई पठाए…दुवै दिल्जले…दुवै मनका आवारा। दुवै मिलीमिली यिनले सबैलाई दिल्जले नै बनाए ! यिनलाई सुन्ने सबै मनमा प्रेमका आवारा भइदिए।

अझ झन् यस गीतमा त सानुले हदै पार गरेका छन् ! यसै त दिल्जले आर्तनाद यिनको, त्याँ माथि प्यारमा दनदन जलिरहेको, घ्वाच्घ्वाच् घोचिरहेको भारी मुटु बेचैनी छटपटाहटको महासागरमा चुर्लुम्म डुबेको छ… ओह्हो कस्तो हुन्छ होला त्यो दर्द भरा अनुभूति ! हो यही अनुभूति यिनी गाउँदैछन्…गीतकार समीरको आवारगी वाला मुहब्बतलाई यिनले दौडाएका छन् आफ्ना अति सान्द्र आवाजको वायुपङ्खी घोडामा सवार गराएर…

तर, तर यहाँ यिनले यही दौडिरहेको घोडामा सवार मन्द गाएका छन्, धिमा…लामो घम्साघम्सी पछिको प्रेमलाई थचक्क बस्तै मिठो सुस्केराको मदालसी मादकतामा गुनगुनाए झैँ, यिनी झुमेका छन् बडा…मन्द-मन्द…खुब झुमेका छन्…किनभने;

“तेरी आँखों में चाहत ही नज़र
आई है, आई है
तुम्हें अपना बनाने की कसम
खाई है, खाई है

तिमीलाई आफ्नो बनाउने कसम खाइएको जानकारी उनलाई गराउँदै यिनी अगि अगाडि बढेका थिए… तिमीलाई आफ्नो बनाउने कसम किन खाइएको ? सुस्केराको मिठो मदालसी मादकतामा झुम्नुको रहस्य-रहस्योद्घाटनमा उनी अगाडि खोल्छन्; “तेरी आँखों में चाहत ही नज़र

आई है, आई है” किनभने “तिम्रा नयनकुसुममा चाहत नै नजर आएका छन्”…यी मेरा एक्ला लहडी-ढिप्पी हैनन् तिमीलाई आफ्नो बनाउन खाइएका कसम जो छन्…यी त तिम्रा म प्रतिका चाहतका आमन्त्रण हुन्…त्यसैले मबाट खाइएको कसम जायज छ, वैध छ; ‘लीरिसिस्ट’ समीर यी दोस्रा पङ्क्तिमा अर्थ्याउँछन् … तिम्रा नयनपुष्पमा चाहत नै नजर आएका छन्…

यो गीतका दुईटा संस्करण छन्; एक – कुमार सानुको एकल र अर्को अनुराधा पौड्वालसँगको युगल…यसै त अनुराधाजीको आवाज प्रीतको रमरम पोलाईमा अमूर्त आनन्दको एहसास दिलाउने, त्यसमा यहाँ अझै त्यो दबिएर कुमार सानुको दिल्जले गायकीसँग एकबद्ध हुन पुगेकी छन् उनी।

उनी आफ्नो स्वर मार्फत ठूलो रस्साकस्सीबाट हाँसिल यो प्रेमको घटनमा भित्रैबाट ठूलो भक्कानिएर बाहिर मन्द गायकीमा सुस्तसुस्त पोख्खिँदै झैँ। यस्तो लाग्छ प्रेमको दुर्लभ संयोग घटित हुँदा उनको हृदयमा फुटेको प्रेमको भक्कानोले गला अवरुद्ध छ र सकीनसकी यिनी गाउँदै छिन् … एक ‘अर्सा’ पछिको खुब बेचैनी भरा प्रेमित ‘longing’ र ‘yearning’ पुरा भएर प्रेममिलनको घटनमा भक्कानाहरू असरल्ल भए झैँ…

“मुहब्बत क्या है मैं
सबको बता दूंगा
मुहब्बत क्या है मैं
सबको बता दूंगा
ज़माने को तेरे आगे झुका दूंगा…
यो हरफ एकल गायनमा कुमार सानु मार्फत गीतकार समीर आफ्ना दीवानगी व्यक्त गर्दैछन् भने अर्को तर्फ अर्को संस्करणमा पौड्वालजीको प्रेममा भावविह्वल उस्तै केही रोदन प्रोक्त झैँ मधुर स्वर छ। इश्कले भरिएर उनी यति साहसी भएकी छन्…

“मुहब्बत क्या है मैं
सबको बता दूंगी
मुहब्बत क्या है मैं
सबको बता दूंगी
ज़माने को तेरे आगे झुका दूंगी…
“मुहब्बत के हो भनी म जगलाई भनिदिन्छु, सारा संसारलाई सुनाइदिन्छु
जमानालाई तिम्रो अगाडि म झुकाइदिन्छु..
सुरुवातबाटै पहिलो इश्कको त्यो जुनून-दिवानगी-आवारगी !

प्रेममा आवारगी यी दिल्जले गीतकार अक्सर छाड्दैनन् ! प्रेममा मग्न हुँदा जो अदम्य साहस जाग्दछ, जमानालाई तिम्रा अघिल्तिर झुकाईदिँदा यी अदम्य साहस सिद्ध हुनेछन्; उनी प्रेमको उर्जामा यति सम्म बुरुक्बुरुक् भएका छन्। मायाँ त लुकाएर, दुनियाँसँग छिपाएर, चोरेर लाएको मायाँ राम्रो ! इश्क त गुपचुपमा सल्किएको मिठो तर दुनियाँलाई किन देखाई दिन पर्‍याे ?!

प्रेमीप्रेमीका मार्फत यी इशकजादा लीरिसिस्ट कारण खोल्छन्; यति ‘कुटकुट के कुटकुट के’ मुटुमा प्रेमले भरिएका छन् कि त्यो प्रेम उद्वेलित भएर छताछुल्ल हुँदा जमानालाई खुद बत्लाईनेछ…

प्रेममा दिल बच्पन न हो ! दिल्जले गीतकार समीर पनि यहाँ आफ्ना ‘प्यार किया तो डरना क्या?!’ टाइपको टीनेज अन्दाज खुलेर पोख्छन्…पोखिइन्छन्…छताछुल्ल…छताछुल्ल भएका छन् उनी यहाँ…यति सम्म सातौँ आसमानमा यिनी पुगेका छन्।

“तेरी उल्फ़त मेरी जाना वो रंग
लाई है, लाई है
तेरी उल्फ़त मेरी जाना वो रंग
लाई है, लाई है
तुम्हें अपना बनाने की कसम
खाई है, खाई है…

यस्तो किन भयो त ? “म किन यति साहसी भएकी छु त?” अथवा कुमार सानु संस्करणमा प्रेमी किन यति साहसी भए त?!

मुहब्बत के हो सबैलाई किन बताउनु पर्यो त ?! अनि जमानालाई तिम्रो अघिल्तिर किन झुकाउनु पर्‍याे त ? कारण…तिम्रो ‘उल्फ़त’; हद पार गरेको मेरो तिमीसँगको अति घनिष्ठ प्रेम ! तिम्रा लागि प्रेमको जस्तो सुकै सत्प्रयासका लागि पनि म तयार छु। हद पार गरेर तिम्रो रंगमा एकै भएको ‘उल्फ़त’; इश्क !

‘उल्फ़त’ शब्द यहाँ समीर प्रयोग गर्न पुग्छन्। प्रेम नै जनाउका खातिर ‘उल्फ़त’ शब्दमा अभिव्यक्त भएर यहाँ प्रेमको गहिरो गाम्भीर्यताको शिल्पीमा पोखिएर कुँदिँदै चित्रित हुन खोजेका छन् गीतकार समीर। ‘उल्फ़त’ : कोही अति विषेश प्रति अति घनिष्ठता, अत्यधिक राम्रो र सुखद अनुभूत गर्न र ती व्यक्तिका साथ त्यही घनिष्ठ सम्बन्ध बरकरार राखी राख्ने मनोवृत्तिलाई संदर्भित गर्दछ।

‘उल्फ़त’ शब्दको अर्थ हुन्छ गहिरो प्रेम, ‘सच्ची मोहब्बत’, अगाध लगाव, मिठो स्नेह, निसङ्कोच आफ्नोपन, सीमा मेटिएर दुवैको एकै रंग ! “तेरी उल्फ़त मेरी जाना वो रंग लाई है, लाई है” हो यस्तै हद पार गरेको घनिष्ठ प्रेमले मेरी प्राणप्यारी यो रङ्ग लाएको छ, लाएको छ…यो साहस ल्याएको छ। यो असर पुर्याएको छ। “तिम्रै उल्फ़तले हे मेरी प्राण यो रङ्ग लाएको छ, तिमीलाई आफ्नो बनाउने कसम खाई सकिएको जो छ !”

“तेरे होंठों से मैं शबनम चुराऊंगा
तेरे होंठों से मैं शबनम चुराऊंगा…

दन्किरहेको केही आगो इश्कको अहिले केही मन्द भएको छ ! यो घटेको तीव्रतामा गीतकार समीर दिल्जले इश्कमा रागीन थाल्दछन्;

ओठहरूमा ‘शबनम’ छन्…कुमार सानु साहित्यिक बहावमा बहन्छन्। बहेर गाउँदा ‘चुराउंगा’ मा पुगेपछि यहाँ पनि यिनी भावुक भैदिएको झैँ पुन: भान हुन्छ, यस्तै लाग्छ… भावुकतामा लाडिइन्छन्; उनका ओठहरू, तिनीबाट शबनम चुराउने…भावुकतामा भरिएर रोमाञ्चकताको ‘नरभसनेस’मा लाडिईनु स्वाभाविकै पनि हो…
आह्हा ! क्या मिठो ‘मदहोसी’ रोमाञ्च ! शबनम अक्सर फूलका, गुलाबका पत्रहरूमा हुन्छन्; शीतका थोपा…गुलाबका पत्रहरूमा…यिनले प्रियतमाका ओठहरूलाई गुलाबका कोमल पत्रहरू नाजुक बडा…भनिदिए…नभनेरै भनिदिए…शबनम चुराउने ऐलान गरेर त्यहाँबाट तिनलाई गुलाबका पत्र भनिदिए। घोषणामा प्रतिविम्बलाई पहिल्यै अपिल गरिओरी विम्बको अव्यक्त चित्रण सुन्दर गरिदिए…

“तिम्रा होँठहरूबाट म शबनम चुराउनेछु !” ती नाजुक अधरपाशका साज; तिनमा संवेदनशील ती शबनमहरू…अनि झन् नाजुकै ती छन् छरिएका अधरलताहरूमा…बिहानीको प्रीतका ठन्डीहरूमा पहिलो प्रियदर्शन – गुलाबका पत्रमा छरिएका मोतीदाना झैँ…शबनमहरू…

प्रियतमाका ओठमा प्रियतमहरू अक्सर शबनम देख्तछन् ! प्रीतमा अक्सर यस्तै हुन्छन्। शीतका थोपा अधरहरूमा…ती ओठ हैनन् शबनमका लटरम्म फलेफुलेका यौवन पुष्पित अधरलता हुन्…जसरी शीतयाममा बिहानीपख हरित घाँसमा लटरम्म चाँदीदाना छरिएर फलेका छन् ! फुलेका छन्… ती बहुमूल्य, प्रेममा ती अमूल्य शबनमहरू म चोर्नेछु…अधरराशीका तिम्रा ती शृङ्गार चोरी तिमीलाई बेचैन तुल्याउनेछु…

“तेरे आँचल तले जीवन बिताऊंगा
तेरे आँचल तले जीवन बिताऊंगा
मेरी नस नस में तू बन के लहू
समाई है, समाई है
मेरी नस नस में तू बन के लहू
समाई है, समाई है
तुम्हें अपना बनाने की कसम
खाई है, खाई है…

तिम्रा आँचल यी संसारी ग्रीष्मकालीन महाकष्टबाट सर्लक्क अलग्ग्याएर प्रेमको शीतलता दिने महानन्दी छहारी हुन्, प्रीतका छाना हुन्, पिरतीको छाता हुन्, म त्यहीँ आफ्नो ‘लङ्ग’ जीवन बिताउनेछु…हो पिरतीको मिठो खुश्बू आउने त्यस्ता परम आनन्दी तिम्रा आँचल तल म मेरो जीवन बिताउनेछु…यी पङ्क्तिमा आईपुग्दा लीरिसिस्ट समीर उनको ‘रूह’मा समाहित हुन बेतोडमा दौडिरहेको इश्कबाट फर्किएर शान्त- उल्फतमय हुन्छन्…मोहब्बतमय हुन्छन्…

अनि उनी भन्छन्; यसरी डुबेको म तिमीमा, हो यसरी डुबेको छु तिमीमा- तिम्रै प्रेममा कि मेरा नसानसामा बनेर खुन तिमी समाएकी छ्यौ…
र, यो हरफको अन्त्यमा “तुम्हें अपना बनाने की कसम खाई है खाई है…” भन्दै प्रेमिका आफ्ना प्रेमीसँग एकस्वर हुन्छिन्। यहाँ गहिरो एकरूप इश्कको आइ नै हाल्यो। प्रेममा प्रेमीप्रेमिकाको अहम् हराउँछ, मात्र प्रेम रहन्छ।

“तेरी बाहों में है दोनों जहां मेरे
तेरी बाहों में है दोनों जहां मेरे
मैं कुछ भी तो नहीं दिलबर बिना(सिवा) तेरे…

“तिम्रै बाहुराशीमा मेरा दुवै संसार छन्…
प्यार विराट छ, इश्कमा दिल्जले समीर दार्शनिक भइदिन्छन् –

लीरिसिस्ट समीरले यहाँ ‘दोनों जहां’ भन्ने उर्दू-हिन्दी सङ्केतक प्रयोग गरेका छन् जसको अर्थ ठुलो लाग्छ; ‘दोनो जहां’ भन्ने सङ्केतक लेखक-सायरले रोमाञ्चको सवालमा अक्सर व्यापक प्रयोग गर्ने गर्छन् ! ‘दोनो जहां’ को अर्थ दुवै संसार-दुवै लोक भन्ने बुझिन्छ। यहाँ दुवै लोकको अर्थ इहलोक र अर्को लोक हो।

यही सिधा अर्थले भौतिक र आत्मिक दुनियाँ भन्ने बुझाउन आफैँ गहिरिन्छ। अत: यो सङ्केतक प्रेममा अत्यावश्यक भै नै हाल्यो। त्यसैले तिम्रा बाहुलीमा मेरा भौतिक र आध्यात्मिक; दुवै लोक छन्।

त्यहाँ दुवै लोक हुनाले तिम्रा प्रियदर्शनबाट हुने मेरा मनोलोकी भौतिक आनन्द र तिम्रो प्रेमको अंकमालमा हुने एकाकारले मलाई मनोनुभूतिको आत्मिक परमानन्दका कारण म आफू मेटिएर त्यहाँ आफूलाई पाउँछु। यहाँबाट म मेटिएर तिमी भई तिम्रा बाहुमा मेरो म प्रीतमा रम्दै-नाच्दै प्राकट्य हुन पुग्दछ…प्रेममा म तिमीसँग एक हुन पुग्दछु…

अतः आफैँ मेटिएको छु तिम्रो प्रेममा, मेरो म मेटिएको छ तिमीसँगको मुहब्बतमा तिम्रा भुजामा गएर…

तिम्रा बाहुपाशमा अब मेरा सर्वस्व हुनाले मेरी प्रियतमा म तिमी बिना त केही पनि हुन्न, केही पनि रहने छैन…केही पनि हुने छैन। अत: तिम्रा बाहुलीमा मेरा भौतिक र आध्यात्मिक; दुवै लोक छन्।

प्यार, उल्फ़त, मोहब्बत र इश्कको असीम गहिराई र उचाईमा डुब्ने-उड्ने, चौडाइमा बग्ने-पौडने अनि आसमानमा बहने खासियत हुनाले गीतकार समीर इश्कको कौतुहलता युक्त बहुआयामिक रोमाञ्चमा हर एकलाई सयर गराउन सफल छन्, हर एकलाई दिल्जले बनाउन उनी सार्थक ! अनि यो हरफको अन्त्यमा गएर प्रेमीले “तिमी बिना म केही पनि त हैन” भन्ने हृद्गत समर्पणको सविनय निवेदन प्रेमिकालाई प्रेमार्पण गर्छन्। त्यस्तै प्रेमिका पनि “तिमी सिवाय म पनि त केही हैन” भन्दै प्रेमको निर्विकल्प एकात्मक सत्ताको बोधमा अभिव्यक्त हुन्छिन्।

युगल संस्करणमा चाहीँ माथिको यो हरफमा पुरै अनुराधाजीको गायकी छ। आफ्नो ममत्व त्याग्दै प्रेमीले प्रेमिकाको बाहुलीमा आफ्ना दुवै संसार त देखे दखे, प्रेमीको प्रेममा चुर्लुम्म डुबेकी प्रेमिका पनि फर्काएर आफ्नो ममत्व प्रेमीकै बाहुपाशमा जिम्मा लाईदिन्छिन् ! ओह्हो ! प्रेममा एक अर्काको अहम् घोलिएर दुवै एक अर्का प्रति कस्तो विनीत !

“तुझे पा के ज़माने की ख़ुशी
पाई है, पाई है
तुझे पा के ज़माने की ख़ुशी
पाई है, पाई है

एकलमा कुमार सानु र युगलमा पौड्वालजीको गायन रहेको यी पङ्क्तिबाट प्रेमीप्रेमीका सीमाहीन खुसीको प्रेमोत्सव मनाउँछन् : यसरी मेरा सर्वस्व, दुवै संसार, मेरा सारा जमाना तिम्रा बाहुपाशमा पुग्न गएका हुनाले – मेरो म नै त्यहाँ भएका हुनाले तिमीलाई पाएर जति खुसी जमाना भरमा छन् ती सबै मैले आज-अहिले पाएको छु।

यसरी यस गीतलाई इश्कको जुनूनमा उद्वेलित एक प्रेमी हुँदै कसम खाँदै सुरु भएका दिल्जले गीतकार समीर अर्का दिल्जले गायक कुमार सानु मार्फत आफू भित्रको उनै प्रेमीको कसम दोहोर्याउँदै विश्राम लिन्छन्…
“तिमीलाई आफ्नो बनाउने कसम जो खाएको छु…
तिम्रा नयनाक्षमा म प्रतिको चाहत नै नजर आएका छन्
तिमीलाई आफ्नो बनाउने कसम जो खाएको छु…

“तुम्हें अपना बनाने की कसम
खाई है, खाई है
तेरी आँखों में चाहत ही नज़र
आई है, आई है
तुम्हें अपना बनाने की कसम
खाई है, खाई है।।

[email protected]




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.