कर्णालीमा एमालेले उम्मेदवार टुङ्गो लगायो

डिसी नेपाल
४ माघ २०८२ १५:१२
252
Shares
काँक्रेविहार (सुर्खेत) । आसन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै जिल्लामा उम्मेदवार छनोट गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका नौ जिल्लाका उम्मेदवारको नाम छनोट गरेको छ। दश जिल्लाका १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेत र दैलेखमा दुई/दुईवटा निर्वाचन क्षेत्र छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यका अनुसार रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख क्षेत्र नं १ मा अम्बरबहादुर थापा, दैलेख क्षेत्र नं २ मा योगेन्द्रबहादुर शाही, सुर्खेत क्षेत्र नं १ मा जीतबहादुर राना, सुर्खेत क्षेत्र नं २ मा झकबहादुर मल्ल र डोल्पामा धनबहादुर बुढा उम्मेदवार छनोट गरिएको हो।
हुम्लामा डा दिपेन्द्र रोकाय, कालीकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्तिबहादुर बस्नेत, मुगुमा चन्द्रबहादुर शाहीको नाम टुङ्गो लागेको छ भने सल्यानमा बाँकी रहेको उनले जानकाी दिए।
त्यस्तै एमालले कर्णालीका १० जिल्लामा उम्मेदवारको छनोट गरिसकेको छ। सल्यानमा गुलाबजङ्ग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेत क्षेत्र नं १ मा ध्रव शाही, क्षेत्र नं २ मा कुलमणि देवकोटा, कालीकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्ग रोकाया, दैलेख क्षेत्र नं १ मा रवीन्द्रराज शर्मा, क्षेत्र नं २ मा लक्ष्मीराज शर्मा, जाजरकोटमा डम्मरबहादुर सिंहको नाम छनोट गरिएको एमालेका केन्द्रीय सचिव यामलाल कँडेलले जानकारी दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.