लघुकथा : सुशासन
‘‘शोभिता, परीक्षाको तयारी पूरा भयो त?” अंकिताले जिज्ञासा राखी। ‘‘हेर्न अंकिता, सार्वजनिक प्रशासनको टपिक्सले दिमागै खायो। लोकसेवा पास गर्न चर्कै रहेछ।” शोभिताले गुनासो पोखी।
शोभिता र अंकिता शाखा अधिकृतको तयारी गरिरहेका छन्। उनीहरु मालपोतका ना.सु स्थायी जागिरे हुन्। इलाम स्थायी घर भएका शोभिता र अंकिता सल्यान मालपोतमा कार्यरत छन्। उनीहरुको हाकिम टेढो मेढो कुरा गर्छ। घुस नखाइ फायल अगाडि बढाउँदै बढाउँदैन्। विचौलियाहरु सेटिङ मिलाएर घुसको कारोबार गर्छन्।
मालपोत घुसखोेरीहरुको अखडा भने पनि हुन्छ। हुने कामलाई घुस नभेटे नहुने बनाएर हप्तौ रल्ल्याइ दिन्छन। शोभिता र अंकिता भ्रष्टहरुको हर्कत मुकदर्शक भएर हेरिरहेका छन्।
विचौलियाहरु रोक्का फुक्काको लागि हजार पन्ध्रसय लिन्छन। बैंकको चिठी बुझाएर रोक्का फुक्का संवन्धित व्यक्तिले गर्दा हुने काम भए पनि सेटिङ्गमा कर्मचारीहरु लेखनदास मार्फत आउनोस भन्छन्।
व्यक्तिले लेखेको निवेदन अमान्य गरिन्छ। एउटा निवेदन लेखाएको पाँचसय हजार तिर्नु पर्छ। जनता माथि ब्रम्हलुट मच्चाइएको छ। कमिसन, घुस र भ्रष्टाचारले जनता आजित भै सकेका छन्।
शोभिता र अंकिता अफिसमा एक्लिएका छन्। कारण उनीहरु घुस खाँदैनन। भ्रष्टचारको मतियार बन्दैनन्। सुशासनको प्रश्न उठाउँछन्। विचौलिया प्रति असहमति प्रकट गर्छन्।
शोभिता र अंकितालाई उनीहरुको हाकिम सरुवा गराउने प्रपञ्चमा लागेको छ। उनीहरुको कारण खुलेर घुस खान हाकिमलाई अप्ठेरो परिरहेको छ। पोल खुल्ने भयले हाकिम त्रसित छ।
शोभिता र अंकिता अभियान जारी राख। समयले एक दिन पुस्कृत गर्ने नै छ। कुनै दिन सुशासनको मार्ग चित्र कसो नकोरिएला त?
सुन्दरहरैंचा-०६, दुलारी, मोरङ
No ads found for this position




Facebook Comment