आईसीसी वरियतामा खस्कियो नेपाल
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल खस्केको छ ।
आईसीसीले बुधबार सार्वजनिक गरेको एकदिवसीयको पछिल्लो वरियतामा नेपाल एक स्थान झरेको हो । पछिल्लो वरियतामा नेपाल १७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल नेपाल १६ औं स्थानमा थियो ।
नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ रेटीङ पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् ।
एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्टइण्डिज र अफगानिस्तान क्रमशः छन्।
११ औं नम्बरमा आयरल्याण्ड छ भने १२ औंमा जिम्बाबे छ। १३ औं स्थानमा नेदरल्याण्ड रहँदा १४ औं स्थानमा स्कटल्याण्ड छ। उता नामिबिया १५ औं स्थानमा रहँदा १६ औं स्थानमा ओमान छ।
नेपालले गत वर्ष आईसीसी ओडीआईको मान्यता पाएको थियो। तर, नेपालले पर्याप्त ओडिआई खेल्न नपाउँदा नेपालको ओडिआई वरियता कमजोर हुँदै गएको हो। हालसम्म नेपाली खेलाडीले भने ओडीआई वरियतामा स्थान बनाउन सकेका छैनन्।
आईसीसीको टीट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा रहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment