बंगलादेश साफ यु–१८ च्याम्पियनसीपको फाइनलमा

डिसी नेपाल
१० असोज २०७६ १६:०८

काठमाडौँ। नेपालमा जारी तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसीपको सेमिफाइनलमा भुटानलाई पराजित गर्दै बंगलदेशले फाइनलमा स्थान बनाएको छ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४–० ले पराजित गर्दै बंगलादेश फाइनल पुगेको हो।

शसस्त्र प्रहरी बल एपीएफको हलचोकस्थिति मैदानमा भएको खेलमा बंगलादेशलाई जिताउन तानबिर हुसेन, फोसल अहमेद फाहिम, मिराज हुसेन र दिपक रोयले एक–एक गोल गरे।

भुटानले समूह चरणमा नेपाललाई पराजित गरेको थियो। तर बंगलादेशविरुद्धको खेलमा भुटानले पाएकाे गोलको अवसरलाई सदुपयोग गर्न सकेन।

बंगलादेशले अब उपाधीका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्ने छ। भारत र माल्दिभ्सबीचको दोस्रो सेमिफानल पनि आजै हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *