सोमपालको विष्फोटक ब्याटिंगमा जिम्बाबेलाई १३३ रनको लक्ष्य,जवाफी ब्याटिंग गर्दै जिम्बाबे (लाईभ भिडियो)

डिसी नेपाल
१० असोज २०७६ १८:५१

काठमाडौं। सिंगापुरमा शुक्रबार शुरु भएको त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपालले जिम्बाबेलाई १३३ रनको लक्ष्य दिएको छ। नेपालले पहिला ब्याटिंग गर्दै ६ विकेटमा १३२ रन बनायो।

नेपालका लागि सोमपाल कामीले अन्तिममा विष्फोटक ब्याटिंग गरे। तीन छक्का प्रहार गरेका सोमपालले १४ बलमा २५ रनको महत्वपूर्ण इनिंग खेले।

नेपालका लागि उपकप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए। उनले ३२ बलमा सो रन बनाएका हुन्। टेष्ट राष्ट्र जिम्बाबेका बलर अगाडि अन्य ब्याट्सम्यान टिक्न नसकेको बेला ऐरीले भने एक इण्डबाट नेपालको इनिंग अगाडि बढाएका थिए।

नेपालका लागि डेब्यू गरेका इशान पाण्डेले ४ रन बनाए भने कप्तान पारस खड्काले १८ रनको योगदान दिए। यस्तै आरिफ शेखले ८ रनमात्र बनाउँदा अर्का डेब्यूटान्ट कुशल मल्लले २ रनमात्र बनाए।

दिपेन्द्रसिं ऐरीसँग राम्रो साझेदारी गरेका सन्दीप जोराले १७ रन बनाए।

सोमपाल २५ र विनोद भण्डारी ११ रनमा नटआउट रहे। केही समयपछि जवाफी ब्याटिंग गर्न जिम्बाबे मैदानमा आउने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *