भारतीय प्रशिक्षकमा रवी शास्त्रीको नियुक्ति विवादित, जान सक्छ जागिर

डिसी नेपाल
१२ असोज २०७६ १७:२६

काठमाडौं । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवि शास्त्रीको छनौटमाथि प्रश्न उठेको छ। बीसीसीआईका आचरण अधिकारी डीके जैनले क्रिकेट सल्लाहकार समिति (सीएसी) का अध्यक्ष पूर्व भारतीय कप्तान कपिल देवको समितिलाई शनिबार अर्को कम्पनीमा हिस्सेदारीलाई लिएर नोटिस पठाएको छ।

अब यदि यो समितिले कम्पनीको हिस्सेदारीमा दोषी ठहरिए टीम इण्डियाका प्रशिक्षक रवि शास्त्रीलाई पुनः प्रशिक्षक बनाउने निर्णय पनि प्रश्नको घेरामा पर्नेछ । यो समितिले १० अक्टूबर भित्र समितिलाई जवाफ दिनुपर्नेछ।

मध्य प्रदेश क्रिकेट एसोसिएशन (एमपीसीए) का सदस्य संजीव गुप्ताले सीएसी समितिका तीन सदस्यको बिरूद्ध उजुरी दिएका छन् । अगस्टमा कपिल देवको नेतृत्वमा रहेको यस समितिले रवि शास्त्रीलाई भारतीय टीमको प्रमुख प्रशिक्षकको रूपमा चयन गरेको थियो ।

गुप्ताले गुनासो पत्रमा भनेका छन् .’ सीएसी सदस्यहरु क्रिकेटसंग सम्बन्धित अरु धेरै कुराहरुमा संलग्न छन् । पूर्व भारतीय कप्तान कपिल देव सीएसी बाहेक क्रिकेट कमेन्ट्री गर्छन् । उनी फ्लोडलाइट कम्पनीको मालिक हुनाका साथै भारतीय क्रिकेटर एसोसिएशनका सदस्य पनि हुन्।’

बीसीसीआईको नियम बमोजिम सीएसीको कुनै पनि सदस्यले क्रिकेटसँग सम्बन्धित अन्य कुनै पद र भूमिकामा बस्न पाउने छैन ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै समितिका एक पदाधिकारीले भने , “यदि भारतीय टोलीका मुख्य कोच छनौट गरेको समिति कम्पनीको हिस्सेदारीमा दोषी ठहरियो भने प्रशिक्षक शास्त्रीको नियुक्तिको प्रक्रिया फेरि गर्नुपर्नेछ। नयाँ समिति पुन: गठन गर्नुपर्नेछ र प्रशिक्षकहरूको नियुक्तिको सम्पूर्ण प्रक्रिया फेरि गर्नुपर्नेछ। बीसीसीआईको नयाँ संविधानलाई ध्यानमा राखी सबै कुरा दोहोर्याइनेछ।”

केहि समय अघि भारतीय राष्ट्रिय टिमका मुख्य प्रशिक्षकमा पुनः रवि शास्त्री नै नियुक्त भएका थिए । सन् २०१७ देखि भारतीय टिम सम्हालेका ५७ वर्षीय शास्त्रीलाई निर्विकल्प प्रशिक्षकका रुपमा सन् २०२१ सम्मको जिम्मेवारी भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सुम्पेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *