दक्षिण एसियामा एआई-सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को शुभारम्भ
काठमाडौं। दक्षिण एसियाली बजारलाई लक्षित गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) द्वारा सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सेवा शुभारम्भ गरिएको छ।
यससँगै कम्पनीले नेपाल र भारतमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूलाई एउटै डिजिटल माध्यममा जोड्ने नयाँ अध्यायको सुरुवात गरेको हो।
परम्परागत रूपमा इमेल, मेसेजिङ एप, स्प्रेडसिट वा छुट्टाछुट्टै भिडियो सम्पादन र भुक्तानी प्रणालीमा निर्भर हुनुपर्ने झन्झटिलो प्रक्रियालाई विस्थापित गर्दै Veel ले सम्पूर्ण क्रिएटर अभियान व्यवस्थापन एउटै प्लेटफर्ममा सम्भव बनाएको छ।
यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो सम्पादन तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन् भने क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग प्रत्यक्ष सहकार्यको अवसर पाउनेछन्।
नेपाली-अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित यस प्लेटफर्मको काठमाडौँमा आयोजित औपचारिक शुभारम्भ कार्यक्रममा प्रविधि, स्टार्टअप, क्रिएटर, व्यवसाय तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै Veel का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले नेपाल र भारतमा भएको यो सुरुवात दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रको भविष्य निर्माण गर्ने दीर्घकालीन प्रतिबद्धता भएको बताए।
उनले यो क्षेत्र लाखौं प्रतिभाशाली क्रिएटरहरूको घर भएकाले उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न र व्यवसायहरूलाई प्रामाणिक कन्टेन्टमार्फत नयाँ उचाइमा पुर्याउन Veel ले पूर्वाधार निर्माण गरिरहेको उल्लेख गरे।
कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख (Chargé d’Affaires) स्कट उर्बोम तथा नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत एवं ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सो अवसरमा कार्यवाहक प्रमुख उर्बोमले अमेरिकी उद्यमशीलता र नेपाली प्रतिभालाई एकै ठाउँमा जोड्दै नयाँ अवसर सिर्जना गर्ने र साझा समृद्धिलाई अघि बढाउने उत्कृष्ट उदाहरणका रूपमा Veel रहेको भन्दै प्रशंसा गरे।
हाल Veel मार्फत विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देशहरू जोडिइसकेका छन्। नेपाल र भारतका व्यवसायहरूले वेबसाइटमार्फत तथा क्रिएटरहरूले Veel को मोबाइल एपमार्फत यो प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।
नेपालमा वित्तीय कारोबारलाई सहज बनाउन कम्पनीले NCHL, Fonepay, eSewa, Khalti र Hamro Pay सँग भुक्तानी साझेदारी गरेको छ, जसअन्तर्गत व्यवसाय र क्रिएटरहरूका लागि स्थानीय भुक्तानीको विशेष व्यवस्था मिलाइएको छ।






डिसी नेपाल





Facebook Comment