सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको भाउ भने वृद्धि

डिसी नेपाल
१३ साउन २०८३ ११:०४

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु एक हजारले घटेको छ भने चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार दुई सय कायम भएको छ।

त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० कायम भएकाे छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय र चाँदी चार हजार ३१० मा कारोबार भएको थियो।

गत सोमबार भने छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० र चाँदी प्रतितोला चार हजार ४४५ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *