साइमेक्स इंकद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु
काठमाडौँ। नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ग्राहकलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले ‘बीवाईडी अपडेट टु CARE+’ अभियान सुरु गरेको छ। काठमाडौँको गुह्येश्वरीस्थित बीवाईडी सर्भिस सेन्टर (साइमेक्स केयर) मा आयोजित एक कार्यक्रमका बिच आइतबार यस अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
कम्पनीका अनुसार यो अभियान देशभर रहेका १३ वटै बीवाईडी सर्भिस सेन्टरहरूमा एकैसाथ लागू भएको छ। बिक्रीपछिको उत्कृष्ट सेवा, गाडीको स्मार्ट कनेक्टिभिटी र पूर्ण स्वामित्व सुरक्षालाई एउटै छानामुनि ल्याउने लक्ष्यका साथ सुरु गरिएको यस अभियानमा साइमेक्स इंकले एनसेल, हिमालयन एभरेस्ट इन्स्योरेन्स र शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ।
यस अभियानअन्तर्गत सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र हालसम्म बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन नभएका योग्य सवारीसाधनहरूमा यी सुविधाहरू निःशुल्क उपलब्ध गराइनेछ।
साथै, ‘केयर प्लस’ सुविधाअन्तर्गत आधिकारिक सर्भिस सिस्टममार्फत गाडीको विस्तृत निरीक्षण, प्रामाणिक स्पेयर पार्ट्सको प्रयोग, आधुनिक डायग्नोस्टिक सेवा र प्रमाणित प्राविधिकहरूबाट उच्च स्तरीय मर्मतसम्भारको ग्यारेन्टी गरिएको छ। यसका अतिरिक्त ‘प्रोटेक्ट प्लस’ मार्फत ग्राहकलाई बीमासम्बन्धी परामर्श, नवीकरणमा सहयोग तथा योग्य सवारीका लागि थप वारेन्टीसम्बन्धी जानकारी र सहजीकरणको सुविधासमेत प्रदान गरिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment