कोशी सरकारमा सहभागी हुने नेकपाका ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो

डिसी नेपाल
१ भदौ २०८३ १४:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । पार्टीले आन्तरिक छलफलपछि सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम तय गरेको हो ।

नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ । आचार्य यसअघि पनि मन्त्री भइसकेका हुन् । उनी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीज्वाइँसमेत हुन् ।

त्यस्तै, गीताकुमारी तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । त्यस्तै, सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइने भएको छ ।

पार्टीका प्रदेश इञ्चार्ज राईका अनुसार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शपथ आजै दिउँसो ४ बजे गराउने तयारी गरिएको छ ।

नेकपाले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएसँगै प्रदेश सरकारमा पार्टीको सहभागिता औपचारिक रूपमा अघि बढ्ने भएको हो । शपथपछि सम्बन्धित मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *