तीन सातापछि कर्णालीमा तीन मन्त्रीको सपथ

डिसी नेपाल
३ भदौ २०८३ २०:२०

सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनीहरूलाई शपथ खुवाएका हुन्।

टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जीतबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन्।

उनीहरूलाई बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। उत्ता नेकपाका मन्त्रीहरुको भने टुँगो लागेको छैन। नेकपाको भागमा समेत तीन मन्त्रालय परेको छ। आजै मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत समेत लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *