रसुवाका बाढी प्रभावितलाई नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले सहयोग गर्ने

डिसी नेपाल
१२ भदौ २०८३ १६:१६

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढी प्रभावितलाई मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेका हुन्।

उक्त सहयोग रकम तीन लाख साठी हजार आठ सय तेत्तीस रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने संसदीय दलले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *