बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई २० लाख ३० हजार सहयोग गर्ने
जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि रु. २० लाख ३० हजार ५५४ सहयोग गर्ने भएको छ।
गाउँपालिकाले विपद् कोषसँगै जनप्रतिनिधि तथा कर्मचारीको तलबबाट रकम कट्टा गरी उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। पालिकाका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रकम छुट्याइएको छ।
निर्णयअनुसार गाउँपालिकाको विपद् कोषबाट रु. पाँच लाख सहयोग गरिनेछ। त्यसैगरी जनप्रतिनिधिको तलबभत्ताबाट रु. एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट रु. पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र विद्यालय कर्मचारीको तलबबाट रु. आठ लाख ८० हजार ६०८ कट्टा गरिनेछ।
यी सबै रकम जोड्दा रु. २० लाख ३० हजार ५५४ पुग्ने गाउँपालिकाले जनाएको छ। पालिकाले विपद्का बेला प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment