सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
सल्यान। सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए।
घाइतेमध्ये त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया बिपना बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो। दुवै जनालाई चिकित्सकले बिहान १०: २२ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते हुनेमा जिप चालक त्रिवेणी–५ सिम्खका २४ वर्षीय भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन्।
घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment