भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई राहत प्याकेज दिने प्राधिकरणको निर्णय

डिसी नेपाल
१ असोज २०८३ १७:५२

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता छन्। बैठकले स्थायी कर्मचारीका परिवारलाई भदौदेखि बढीमा ६ महिनासम्म बेपत्ता कर्मचारीको तहको सुरु तलबमानको ५० प्रतिशत रकम निर्वाहका लागि उपलब्ध गराउने निर्णयसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *