जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न एकीकृत पहल आवश्यक : सचिव पाण्डे
काठमाडौं। विकास, आर्थिक मामिला तथा सुशासन समितिका सचिव डा. रोजनाथ पाण्डेले जलवायु परिवर्तनका चुनौती सामना गर्न सम्बन्धित क्षेत्रबीच एकीकृत रूपमा काम गर्नुपर्ने बताएका छन्।
विहीबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय कुटनीतिक प्रवद्र्धन सम्बन्धमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफल हुनेछ।
बैठकमा बोल्दै पाण्डेले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताए। उनले विशेषगरी क्रस–कन्ट्री वार्निङ सिस्टम निर्माणजस्ता विषय जटिल र साझा प्रयासबाट मात्रै अघि बढाउन सकिने बताइ।
उनले भने, ‘एकीकृत रुपमा काम गर्नुपर्ने छ। केही क्षेत्रीय संस्थाहरू, यो क्रस—कन्ट्री वार्निङ सिस्टमहरू बनाउने कुराहरू एकदम पेचिला मुद्दा छन्। साझा देशहरू सबै मिलेर उठाउनुपर्ने भएको हुनाले यो सवालमा पनि छलफल गर्नुपर्ने छ।’
उनले साझा जोखिम भएका देशहरूले मिलेर यस्ता विषय उठाउनुपर्ने बताए। उनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद् तथा जोखिमबारे पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्षेत्रीयस्तरमै सहकार्य र छलफल आवश्यक रहेको बताए।
पाण्डेका अनुसार समितिले जलवायु विज्ञ, यस क्षेत्रमा कार्यरत गैरसरकारी संघ–संस्था तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूबाट सुझाव र धारणा संकलन गर्ने अभियान सञ्चालन गरिरहेको छ।
उनले जलवायु परिवर्तनका विषयमा संघीय संसद्, संसदीय समिति तथा तीनै तहका व्यवस्थापिकाले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल भइरहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment