काठमाडौं उपत्यकामा २४ घण्टामा ९५२ सवारी चालक ट्राफिक कारबाहीमा, मापसे गर्ने १२० जना परे
काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा सञ्चालित चेकिङका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म गरिएको विशेष जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने १२० जना चालक कारबाहीमा परेका हुन्।
यस्तै, सीसीटीभीमार्फत ५६ जना र रातो बत्तीको नियम उल्लङ्घन गर्ने ६७ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने १५२, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) ४३, सवारीको अवस्था ठिक नभएका ३४, हर्न निषेध क्षेत्रमा हर्न बजाउने २८ र एकतर्फी (वान-वे) बाटोमा सवारी चलाउने १२ जना चालक कारबाहीमा परेका छन्।
यसै गरी, अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ४४२ जना चालकलाई पनि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment