ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्य र केन्द्रीय सदस्यको शपथ

डिसी नेपाल
४ असोज २०८३ १४:२१

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्य तथा केन्द्रीय सदस्य पदको शपथ लिएका छन्।

आइतबार आयोजित केन्द्रीय सचिवालयको बैठकअघि पार्टी सभापति रवि लामिछानेले मन्त्री श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा पार्टीका महामन्त्री विपिन आचार्यको पनि सहभागिता रहेको थियो।

मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट २ हजार १२३ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि गत भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले उनलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेका थिए।

शपथ ग्रहणपश्चात् मन्त्री श्रेष्ठले महाधिवेशनमा दुई-तिहाइभन्दा बढी मत दिएर विजयी गराउने सम्पूर्ण पार्टी सदस्यहरूलाई आभार व्यक्त गरेका छन्। उनले सबैको साथ, सहयोग र सुझावलाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *