रूसमा मतदान चलिरहँदा युक्रेनको ठूलो आक्रमण

डिसी नेपाल
४ असोज २०८३ १५:२८

काठमाडौं । रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मस्कोमा ड्रोन आक्रमण भएको छ। युक्रेनले मस्कोमा एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको छ। ड्रोन आक्रमणबाट मस्कोको एक आयल रिफाइनरी (तेल प्रशोधन केन्द्र) मा क्षति पुगेको छ। आक्रमणपछि त्यहाँ आगो लागेको छ। टाढाबाटै आगोको लप्का र धुवाँको मुस्लो देखिएको थियो भने विस्फोटको आवाज पनि सुनिएको थियो।

मस्कोका मेयर सर्गेई सोब्यानिनले आइतबार टेलिग्राममार्फत ड्रोनले मस्कोको आयल रिफाइनरीलाई निशाना बनाएको जानकारी दिएका छन्। रुसी सरकारी समाचार संस्था ‘तास’ ले पनि मेयरलाई उद्धृत गर्दै रिफाइनरीमा क्षति पुगेको जनाएको छ। यस आक्रमणमा परी दुई जनाको मृत्यु भएको खबर पनि आएको छ।

त्यस्तै, समाचार एजेन्सीहरूले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूको स्थान पुष्टि गरेका छन्। यी भिडियोहरूमा टाढा एक ठाउँमा आगो बलिरहेको र आकाशमा धुवाँको ठूलो मुस्लो उठिरहेको देखिएको छ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बीती रात मस्को क्षेत्रमा युक्रेनले गरेको दूरगामी (लङ-रेन्ज) कारबाहीको रुसमा ठूलो प्रभाव परेको बताएका छन्। उनले रुसको एक महत्त्वपूर्ण तेल उद्योगको ठेगाना र एक लजिस्टिक्स सेन्टरलाई निशाना बनाइएको दाबी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *