भरत दाहाललाई पक्राउ गर्नुको कारण पेस गर्न र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको लिखित कारण पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार दाहाललाई नियन्त्रणमा लिनुको कारण पेस गर्न र उनलाई अदालतसमक्ष उपस्थित गराउन सरकारलाई आदेश दिएको हो।
गत आइतबार मोरङको बेलबारीबाट प्रहरीले दाहाललाई पक्राउ गरेपछि उनका तर्फबाट छोरी डेनिका दाहालले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो।भूराजनीतिक विषयवस्तु तथा उच्चपदस्थ राजनीतिक नेतृत्वको संलग्नताबारे दाहालले दिएका विवादास्पद अभिव्यक्ति र अन्तर्वार्ता सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

No ads found for this position



डिसी नेपाल
Facebook Comment