बीपी राजमार्गको काभ्रे खण्डमा रातिमा सवारी चलाउन रोक

डिसी नेपाल
७ असोज २०८३ १९:१५

काठमाडौं। सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रेपलाञ्चोकको असोज ७ गते धुलिखेलमा बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहानसम्म बेलुकी ५ बजेदेखि बिहान ५ जेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

अन्य समयमा पनि राजमार्ग प्रयोग गर्दा सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग आवश्यक जानकारी लिएर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *