मन्त्री श्रेष्ठको तत्काल निर्देशनपछि टीकापुरमा कर्णाली नदीको कटान नियन्त्रणका लागि तटबन्ध सुरु
काठमाडौं। कैलालीको टीकापुरस्थित कर्णाली नदीमा कटान बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा तत्कालै तटबन्ध निर्माणको काम सुरु गरिएको छ।
अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेर टीकापुर नगरपालिका–४ स्थित टीकापुर पार्क क्षेत्र र भैरव मन्दिर आसपास कटान सुरु भएको थियो। कटानले पार्क नै जोखिममा परेपछि बुधबार कैलालीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय कोमल ज्ञवाली र करिश्मा कठरियाले मन्त्री श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए।
सांसदहरूको ध्यानाकर्षणपछि मन्त्री श्रेष्ठले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिएका हुन्। सांसद कठरियाका अनुसार मन्त्रीको निर्देशन पाएको एक घण्टामै कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको काम थालिएको हो।
तत्काल तटबन्धको काम सुरु भएसँगै अहिले सो क्षेत्रमा कटान नियन्त्रणमा आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment