चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
साउन-भदौमा कुल ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात हुँदा निर्यात ७६ अर्ब ५९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशतले बढेको छ। गत वर्ष पहिलो दुई महिनामा ३ खर्ब ५ अर्ब १६ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षमा यो बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो।
यस अवधिमा निर्यात भने ६१.८६ प्रतिशतले बढेको छ। गत वर्ष साउन–भदौमा ४७ अर्ब ३२ करोड रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।
आयातको तुलनामा निर्यात अझै निकै कम रहेकाले दुई महिनामै व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८४ करोड रुपैयाँ थियो। आयात–निर्यात अनुपात भने ६.४५ बाट घटेर ५.२४ पुगेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment