कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता

डिसी नेपाल
७ असोज २०८३ १८:२०

काठमाडौं । अर्थमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच भेटवार्ता भएको छ।

​भेटवार्ताका क्रममा आगामी सिजनका लागि आवश्यक रासायनिक मलको आपूर्ति तथा रसुवा बाढीबाट प्रभावित नागरिकहरूका लागि प्राप्त राहत रकमका विषयमा केन्द्रित रहेर छलफल भएको हो।

​सो अवसरमा कृषि मन्त्री चौधरीले विश्व वन्यजन्तु कोषद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइएको १ करोड ५० लाख रुपैयाँ अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिन्।

​साथै, छलफलका क्रममा आगामी सिजनका लागि आवश्यक रासायनिक मलको पर्याप्त आपूर्ति र सहज वितरण सुनिश्चित गर्ने विषयमा पनि जोड दिइएको छ। मल खरिदका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गरी समयमै किसानसम्म मल पुर्‍याउन दुवै मन्त्रीबीच आवश्यक समन्वय र छलफल भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *