माडी माविलाई हराउँदै मनकामना सेकेण्डरी स्कुल बन्यो बागमती प्रदेश च्याम्पियन
काठमाडौं। एशियन पेन्ट्स च्याम्पियन्स कप २०२६ अन्तर्गत ब्वाइज फुटबलतर्फ काठमाडौँको दक्षिणढोकामा रहेको मनकामना सेकेण्डरी स्कुल बागमती प्रदेश च्याम्पियन बनेको छ।
कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको खेल मैदानमा बुधबार भएको प्रदेशस्तरीय फाइनल भिडन्तमा मनकामना सेकेण्डरी स्कुलले चितवनको माडी माध्यमिक विद्यालयलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
मनकामनालाई च्याम्पियन बनाउन सनिल मगरले उत्कृष्ट प्रदर्शन गर्दै शानदार ह्याट्रिक गरे। खेलभर दबदबा बनाएको मनकामनाका लागि तीनै गोल सनिलले नै गरेका हुन्। माडी माध्यमिक विद्यालयका प्रतिक रमधामले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
काठमाडौँ उपत्यकाव्यापी प्रतियोगिता जितेर बागमती प्रदेशस्तरीय प्रतियोगितामा स्थान बनाएको मनकामना सेकेण्डरी स्कुलले अब आगामी चरणको राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment