१३ वर्षकी बालिकाले एसियाली खेलकुदमा तेस्रो स्वर्णपदक जितिन्
काठमाडौं । चीनकी १३ वर्षीया पौडी सनसनी यु जिदीले जापानमा भइरहेको एसियाली खेलकुदमा आफ्नो तेस्रो स्वर्ण पदक जितेकी छन्।
यु जिदीले चार सय मिटर व्यक्तिगत स्पर्धामा जित दर्ता गर्दै स्वर्ण पदकको ह्याट्रिक पूरा गरिन्।
उनले एसियाली खेलकुदको नयाँ रेकर्ड कायम गर्दै यो जित हासिल गरेकी हुन्। यसअघि पनि उनले दुई अन्य प्रतिस्पर्धाहरूमा नयाँ खेल रेकर्ड बनाउँदै स्वर्ण पदक जितिसकेकी छन्।
एक पौडी प्रशिक्षकको नजर अचानक यु जिदीमा परेको थियो। त्यसपछिका उनका उपलब्धिहरू अहिले चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
यु जिदी सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा ठूलो पदकको बलियो दावेदारका रूपमा उदाउँदै छिन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment