एसियाली खेलकुद: पदक तालिकामा चीन शीर्ष स्थानमै, ३२ देशले जिते पदक
काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदको पछिल्लो पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ।
चीनले ३२ स्वर्ण, १३ रजत र ८ कांस्य गरी कुल ५३ पदक जितेको छ। आयोजक जापानले ११ स्वर्ण, १६ रजत र १९ कांस्य गरी ४६ पदक जितेर दोस्रो स्थानमा तथा दक्षिण कोरियाले ६ स्वर्ण, ४ रजत र १७ कांस्य गरी २७ पदक जितेर तेस्रो स्थानमा स्थान बनाएको छ।
त्यस्तै, कजाखस्तानले ६ स्वर्ण, ४ रजत र १७ कांस्य, थाइल्यान्डले ४ स्वर्ण, १ रजत र १ कांस्य, हङकङ चीनले ३ स्वर्ण, ५ रजत र ४ कांस्य, ताजिकिस्तानले २ स्वर्ण, १ रजत र १ कांस्य तथा भारतले १ स्वर्ण, ४ रजत र २ कांस्य जितेका छन्। त्यसैगरी, उज्वेकिस्तानले १ स्वर्ण, ४ रजत र १ कांस्य, चाइनिज ताइपेईले १ स्वर्ण, ३ रजत र ५ कांस्य, इरानले १ स्वर्ण, ३ रजत र १ कांस्य, सिंगापुरले १ स्वर्ण, ३ रजत र १ कांस्य तथा मकाउ चीनले १ स्वर्ण र ३ रजत जितेको छ।
त्यस्तै, जोर्डन र म्यान्मारले १ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् भने मलेसिया र भियतनामले १ स्वर्ण र ३ कांस्य जितेका छन्।
त्यसैगरी, कुवेतले १ स्वर्ण र २ कांस्य जितेको छ भने बहराइनले २ रजत, इन्डोनेसियाले १ रजत र ७ कांस्य, फिलिपिन्सले १ रजत र ३ कांस्य, इराकले १ रजत र २ कांस्य, लेबनान र कतारले १ रजत र १ कांस्य जितेका छन्।
त्यस्तै अफगानिस्तान, श्रीलंका र तुर्कमेनिस्तानले समान १ रजत जितेका छन् भने कम्बोडियाले ४ कांस्य, किर्गिस्तानले ३ कांस्य, साउदी अरेबियाले २ कांस्य तथा पाकिस्तानले २ कांस्य जितेका छन्। त्यसैगरी, ब्रुनाई दारुसलाम, मंगोलिया र सिरियाले समान १ कांस्य जितेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment