एसियन खेलकुदमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

डिसी नेपाल
५ असोज २०८३ १६:१५

काठमाडौं। जापानमा जारी २०औं एसियन खेलकुदमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ।

जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० को सोझो सेटमा पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो।

नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ। नेपालले फिलिपिन्स र मंगोलियाको खेलमा पराजित हुने टोलसँग भोली खेल्ने तालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *