६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा मंगलबार पनि जारी रहने

डिसी नेपाल
६ असोज २०८३ १९:५७

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। असोज १६ देखि १९ गतेसम्म तय भएको महाधिवेशन प्रक्रियाअन्तर्गत तेस्रो दिन (सोमबार)सम्म ६३ जिल्लाका वडाहरूमा अधिवेशन सकिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार धादिङ र नुवाकोटसहित सोमबार सम्पन्न हुन नसकेका बाँकी वडाहरूको अधिवेशन असोज ६ गते (मंगलबार) पनि जारी रहनेछ।

त्यस्तै, धनुषा निर्वाचन क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाहरूको अधिवेशन अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ। यसका साथै अछामका ३, डडेल्धुराका ४, रुपन्देहीका ३ र महोत्तरीका ८ वटा वडामा पनि अधिवेशन प्रक्रिया अन्तिम चरणमा रहेको कटुवालले जानकारी दिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। जसका लागि गत असोज ३ गतेदेखि देशभर एकैसाथ वडा तहको अधिवेशन सुरु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *