एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टिम दोस्रो खेलमा पराजित
काठमाडौं । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली महिला कबड्डी टिम दोस्रो खेलमा पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेपाल चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको हो।
नेपाली महिला टिमले यसअघि मंगलबार सम्पन्न समुह बी को खेलमा नेपालले थाइल्याण्डलाई ४६-४३ ले पराजित गर्दै विजयी शुरुवात गरेको थियो। नेपालले अब विहिबार श्रीलंकासँग खेल्ने तालिका छ।
एशियाली खेलकुदमा खेल्ने नेपाली महिला कबड्डी टिममा मनमती विष्ट (कप्तान), नानुमाया पराजुली, मनिषा जोशी, मेनुका कुमारी राजबंशी, जयन्ति बडु, विनिता पण्डित क्षेत्री, आसमा यादव, मिना नेपाली, रबिना चौधरी, सिर्जना कुमारी थारु, खिममाया खत्री र गङ्गा घिमिरे रहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment