प्रधानमन्त्री बालेन शाह न्युयोर्कमा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क पुगेका छन्।
मंगलबार कतार एयरलाइन्सको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनी कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क पुगेका हुन्।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछिको यो उनको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
आफ्नो सम्बोधनका क्रममा उनले नेपालमा जलवायु परिवर्तनले पारेको असर, भोटेकोशी बाढीपहिरोबाट भएको क्षति, पर्वतीय देशका समस्या र जलवायु न्यायका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउनेछन्।
न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सल्लाहाकार कुमार व्यञ्जनकारसहित अन्य उच्चपदस्थ अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने तालिका छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment