नेपाली कांग्रेसको १५औं महाधिवेशन: बर्दिया क्षेत्र नं. २ बाट डा. गोपाल दहितको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

डिसी नेपाल
१७ असोज २०८३ ७:३७

काठमाडौं।  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिएसँगै साङ्गठनिक माहोल तातेको छ। यसैक्रममा बर्दिया जिल्ला क्षेत्र नम्बर २ बाट डा. गोपाल दहितले महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल राजनीतिक आदर्शलाई अङ्गीकार गर्दै डा. दहितले बर्दिया क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधिहरूमाझ समर्थनका लागि आह्वान गरेका छन्। पार्टी सङ्गठनलाई सुदृढ, समावेशी र प्रभावकारी बनाउनका साथै स्थानीय स्तरका मुद्दाहरूलाई केन्द्रीय नीति निर्माणको तहसम्म पुर्‍याउनका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।

लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील डा. दहितको उम्मेदवारीलाई बर्दियामा चासोका साथ हेरिएको छ। १५औँ महाधिवेशनमार्फत पार्टीमा नयाँ उर्जा र वैचारिक स्पष्टता ल्याउन आफू प्रतिवद्ध रहेको उनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *