वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने, वडा नम्बर २१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका–१३ बस्ने धादिङको गल्छी गाउँपालिका–३ का ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन्।
प्रहरीका अनुसार गिरिसले ग्रिस पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएका थिए। त्यसैगरी निलकण्ठले क्रोएशिया पठाइदिने भन्दै तीन जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गिरिसलाई काठमाडौं महानगरपालिका–२९ र निलकण्ठलाई वडा नम्बर १३ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment