उत्कर्षमा पुगेको आन्दोलन छोडेर ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपके गाउँ प्रस्थान

डिसी नेपाल
२५ असोज २०८३ १५:४५
40
Shares

काठमाडौं । ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले आफ्नी हजुरआमाको निधन भएकाले दुःखको यस घडीमा आफू परिवारसँगै रहन गाउँ फर्किरहेको जानकारी दिएका छन्।

शनिबार प्रहरी हिरासतमा लिइएका दीपके, सह-संयोजक सौरव दास र आशुतोष राङ्का आइतबार म्याजिस्ट्रेट अदालतबाट रिहा भएका हुन्।

रिहा भएलगत्तै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दीपकेले भने, ‘यस दुःखद् समयमा आफ्नो परिवारको साथमा रहन म आफ्नो गाउँ फर्किँदै छु। सीजेपीका सह-संयोजक सौरव दास र आशुतोष राङ्काले चाँडै दिल्लीमा पत्रकार सम्मेलन आयोजना गर्नेछन्।”

दीपकेले आफ्नो पोस्टमा अगाडि लेखेका छन्, ‘हाम्रो पार्टी सीजेपी न त पछाडि हट्नेछ, न त डराउने नै छ। अक्टोबर १० लाई यो तानाशाही अन्त्यको सुरुआतका रूपमा सधैँ याद गरिनेछ।’

प्रहरी हिरासतबाट अदालतको आदेशमा आइतबार मात्रै छुटेका यी नेताहरूले पछिल्ला राजनीतिक घटनाक्रम र आगामी रणनीतिका विषयमा प्रेस सम्मेलनमार्फत थप धारणा सार्वजनिक गर्ने जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *