दश किलो गाँजासहित एक जना पक्राउ
भक्तपुर। सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको गाँजासहित खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का देवेन्द्र राईलाई पक्राउ गरिएको हो।
निजलाई भक्तपुर जिल्ला अदालतबाट १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले लिएको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment