उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

डिसी नेपाल
२७ असोज २०८३ २१:०२

उदयपुर। सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित पशुपती साफीलाइ प्रहरीले पक्राउ गरेको छ।

उदयपुरको बेलका नगरपालिका–५ स्थित पिकअपमा गाडीमा भुसका बोराले छोपेर लैजाँदै अवस्थामा छ वटा बोरामा १५९ किलो ४०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए।

प्रहरी चौकी लालबजार, उदयपुरबाट ट्राफिक प्रहरीसहित खटिएको संयुक्त चेकिङ टोलीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो।

पक्राउ परेका साफी र बरामद गाँजा तथा पिकअप गाडीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखिएको छ। दुई दिनमा उदयपुर प्रहरीले एक हजार ६०० केजी बढी गाँजा बरामद गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *